पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित

 माघ ७, २०७८ शुक्रबार १५:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ । 

पूर्वाञ्चल विश्वविद्यालयले सूचना निकालेर कोरोना सङ्क्रमणको जोखिम बढेकोले सबै परीक्षा स्थगित गरेको जानकारी गराएको छ ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले निकाल्नुभएको सूचनामा सबै सङ्कायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख छ । 

कोरोनाका कारण यसअघि नै त्रिवि र काठमाण्डौ विश्वविद्यालय र मध्यपश्चिम विश्व विद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया