एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

 माघ ७, २०७८ शुक्रबार १६:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनुभयो ।

तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उहाँले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । अहिले प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया