टेकु अस्पतालमा खोप अभियान आजदेखि फेरि सञ्चालन हुने

 माघ ११, २०७८ मंगलबार ८:२०:४१ | रासस
unn.prixa.net

काठमाण्डाै - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि फेरि सञ्चालन हुने भएको छ ।

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो ।

उहाँका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतवार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले गएकाे सोमवारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो ।

अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया