जापानको गाडी उत्पादक कम्पनी टोयोटाद्वारा चन्द्रमामा गाडी पठाउने तयारी शुरु

 माघ १५, २०७८ शनिबार १८:२४:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ ।

सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।

बाहिरी अन्तरिक्षमा पनि गाडीमै मानिसहरुले खान, काम गर्न, सुत्न र सञ्चार गर्न सकिने अवधारणामा आधारित भएर लुनार क्रुजरको विकास गरिरहेको र सम्भवतः एक दशकमा यो तयार हुने परियोजनाको नेतृत्व गरिरहेका ताकाओ सातोलाई उदृत गर्दै एपीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया