क्लासिक टेककाे 'बिग अफर' सबै सित्तैमा

 माघ १७, २०७८ सोमबार १८:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले द बिग अफर सबै सित्तैमा याेजना ल्याएकाे छ । यस याेजनामा ग्राहकले छुट, बाेनसका साथै राउटर सित्तैमा पाउने कम्पनीले जनाएकाे छ । यसरी ल्याइएकाे भारी छुटसहितको बिग अफर नेपालमै पहिलो भएकाे कम्पनीकाे दाबी छ । 

क्लासिकका ग्राहकले तोकिएका प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस (तीन महिना इन्टरनेट र ३ महिना आईपीटीभी) र फाइभ जीएचजेड डुअल ब्यान्ट राउटर एकैसाथ पाउनेछन् । यसबारे क्लासिक टेकमा फोन ९८०२९२२३०४अथवा फेसबुकमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ । साथै कम्पनीकाे वेबसाइट https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिनेछ ।

यस्तै कम्पनीले आफ्ना ग्राहकलाई राउटर र फाइबर आफैँले नचलाउन अनुरोध गर्दै कम्पनीको स्मार्ट इन्स्टालेशन टिमले घरमै आएर सित्तैमा डुअल ब्यान्ड फाइभ जीएचजेड राउटर अपग्रेड गरिदिने बताएकाे छ ।  
याे राउटरले अनलाइन कक्षा, गेमिङ, डाउनलाेड, भिडियाे कल लगायतमा निकै सुधार आउने कम्पनीले दाबी गरेकाे छ । 

देशका विकसितदेखि दुर्गममा इन्टरनेटको पहुँच पुर्‍याउनुका साथै कम मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • गोविन्द

    Jan. 31, 2022, 6:40 p.m.

    बार्षिक वा मासिक दर रु कति लाग्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया