पाँचथरमा लेक लागेर एक जनाको ज्यान गयाे

 माघ २०, २०७८ बिहिबार १२:२८:४६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडामा लेक लागेर एक जनाको ज्यान गएकाे छ । 

जिल्लाको फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आहाल भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिउँको कारण लेक लागेर उहाँकाे ज्यान गएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

भाइ विक्रम मगरसँग आहाल जाँदै गर्दा हिउँमा हिँड्न नसकेर घर फर्कने क्रममा विशाललाई लेक लागेको थियाे । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया