श्रीमान्–श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्...
मंसिर १३, २०८० बुधबार
पाँचथर – जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा आएको छ । अघिल्लो आर्थिक वर्षदेखि प्लान्ट राख्नका लागि काम अघि बढेको थियो । प्रदेश नम्बर १ सरकारको बजेटमा प्लान्ट निर्माण गरिएको हो ।
एकै पल्ट ३५ वटा बेडमा अक्सिजन आपूर्ति गर्न सक्ने तथा एकै दिनमा ३० सिलिन्डरसम्म भर्ने सकिने गरी प्लान्ट सञ्चालनमा आएको हो । ९७ लाख २८ हजार रुपैयाँ खर्चिएर निर्माण गरिएकाे प्लान्ट सञ्चालनमा आएको हो ।
यसअघि जिल्लामा आवश्यक अक्सिजन भर्नका लागि झापामा सिलिन्डर पठाउनुपर्ने बाध्यता थियो । अब भने त्याे बाध्यता हटेकाे छ ।
एकै पल्ट तीन वटा सिलिन्डर भर्न सकिने र एउटा सिलिन्डर भर्न ४० मिनेट लाग्ने बताइएको छ । जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सुविधा थपिएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. बुद्धिबहादुर थापाले बताउनुभयो ।
जिल्ला अस्पताल पाँचथरमा जिल्लाकासहित छिमेकी जिल्ला तेह्रथुमको आठराई क्षेत्र र ताप्लेजुङका विभिन्न गाउँबाट सेवाग्राही आउने गर्दछन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।