हिउँ परेपछि चार दिनदेखि बन्द जयपृथ्वी राजमार्ग सञ्चालनमा

 माघ २३, २०७८ आइतबार १८:४४:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – चार दिनदेखि बन्द रहेकाे बझाङकाे जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएकाे बिहीवारदेखि परेकाे हिमपातका कारण बन्द रहेकाे राजमार्ग आज आइतवारदेखि सञ्चालनमा आएकाे हाे ।  

राजमार्ग सञ्चालनमा आएपछि चर दिनदेखि अलपत्र परेका यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले बताउनुभयो । हिमपातका कारण चिसो निकै बढेको र बाटोमा राम्रो बस्ने ठाँउसमेत नभएका कारण निकै समस्या खेप्नुपरेको यात्रु रमिला बोहराले बताउनुभयाे । 

राजमार्ग बन्दा हुँदा धनगढी, महेन्द्रनगर, काठमाण्डाैबाट भित्रिने साना–ठूला सबै गाडी बैतडीको आलु गैरा भन्ने ठाँउमा रोकिएका थिए । यस्तै बझाङबाट बाहिरी जिल्ला जाने साना–ठूला गाडी बैतडीकै रमिलापुर भन्ने ठाँउमा रोकिएका थिए ।  बैतडीको राजमार्ग भने हिजाे शनिवारदेखि नै सञ्चालनमा आएको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया