कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

 फागुन १९, २०७८ बिहिबार २०:६:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि आज बिहीवार भएको दोस्रो चरणको चुनावमा नारायणदत्त भट्ट विजयी हुनुभएकाे छ । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोस्राे चरणमा भट्ट विजयी हुनुभएकाे हाे । 

निर्वाचन समितिका अनुसार नारायणदत्त भट्ट १ हजार ३ सय ५९ मतका साथ विजयी हुनुभएकाे छ भने उहाँका प्रत्याशी प्रकाश बमले १ हजार ९६ मत प्राप्त गर्नुभएकाे छ ।  

जिल्लामा कुल २ हजार ५ सय ७६ जना प्रतिनिधि रहेकामा दोस्रो चरणको चुनावमा २ हजार ४ सय ६७ मतदाताले मतदान गरेका थिए भने १२ मत बदर भएको थियो ।

कुन क्षेत्रमा कसको मत कति ?

क्षेत्र नम्बर १ मा  

नारायण भट्ट – २७८
प्रकाश बम– १६३

क्षेत्र नम्बर २ मा 

भट्ट – २८१
बम – १६३

क्षेत्र नम्बर ३ मा 

भट्ट – २६०
बम – २२१

क्षेत्र नम्बर ४ मा 

भट्ट – २६२
बम –२८२

क्षेत्र नम्बर ५ मा  

भट्ट – २७८
बम – २४८

अन्तिम अपडेट: बैशाख ५, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया