हिमालयन शेर्पा खप्तड गोल्ड कपकाे अन्तिम चारमा

 फागुन २३, २०७८ सोमबार १९:४३:४६ | सीताराम ओझा
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन क्लब हिमालयन शेर्पा पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज साेमवार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जिताउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक–एक गोल गरे ।  खेलको ३४ औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५ औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन दुई–शून्यले अघि रह्यो । त्यसपछि खेलको ६७ औँ मिनेटमा सुदूरपश्चिमका विवेक पण्डितले आत्मघाती गोल गरेपछि हिमालयन दुई–एकले विजयी भयो ।

प्रतियोगिताअन्तर्गत भाेलि मङ्गलवार मच्छिन्द्र क्लब र बाग्मती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

खेलपछि प्रतिक्रिया दिँदै हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सुदूरपश्चिम–११ ले सोचेभन्दा निकै अब्बलको प्रदर्शन गरे पनि गाेल गर्न नसकेकाे बताए । 

खेलपछि प्रतिक्रिया दिँदै सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका प्रशिक्षक गजेन्द्र शाहीले धेरै समय बल आफ्नो पक्षमा राख्दा राख्दै पनि गोल गर्न नसकेकाे बताए । 

आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । सर्वाधिक धनराशीकाे प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया