निषेधित क्षेत्रमा हिँडिरहेका एक चिनियाँ नागरिक किमाथाङ्काबाट पक्राउ

 फागुन २७, २०७८ शुक्रबार २०:१५:२ | नवीन गुरुङ
unn.prixa.net

पक्राउ परेका छोङ जेनजियन । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्र, चीनसँगको सीमावर्ती नाका किमाथाङ्काबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । 

निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा प्रहरीको गस्ती टोलीले छोङ जेनजियन नाम गरेका २८ वर्षीय पुरुषलाई आज शुत्ररवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी जीवनकुमा गौतमले जानकारी दिनुभयो । 

उनको साथमा राहदानी भेदिएको र उनीमाथि थप अनुसन्धान गर्न अध्यागमन विभाग काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया