प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रकाे चलखेल बढ्याे : राजेन्द्र लिङ्देन

 फागुन २८, २०७८ शनिबार १०:५८:३६ | मुना हमाल
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने स्थलमा परिणत भएको बताउनु भएकाे छ ।

शनिवार पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुग्नु भएका अध्यक्ष लिङ्देनले एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएकाे भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने बताउनु भएकाे हाे । उहाँले प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रकाे चलखेल बढेकाे बताउनु भयाे । 

उहाँले भन्नुभयो, ‘एमसीसीकाे सम्बन्धमा प्रमुख दलहरुले देखाएकाे भूमिकाका कारण देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत भयो । यस्तो दुष्प्रयासको असर प्रमुख राजनीति दलले मात्र होइन देश र जनताले पनि बेर्होनुपर्छ । यसले देशलाई दीर्घकालीन क्षति पुर्याउँछ ।’

उहाँले १२ बुँदे व्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको आराेप लगाउनु भयाे ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया