धनगढीमा ‘सर्वाधिक पुरस्कार राशि’ को महिला गोल्ड कप हुने

 चैत ३, २०७८ बिहिबार १९:४०:३१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढीमा प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रङ्गशालामा प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कपको आयोजना हुने धनगढीमा आज बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित हुने गोल्ड कप महिला खेलाडी सहभागी नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता रहेको संयोजक अधिकारीको दाबी छ । 

प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई १० हजार रुपैयाँ दिइनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ । 

प्रतियोगिता सञ्चालन गर्न झन्डै एक करोड रुपैयाँभन्दा धेरै खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

अन्तिम अपडेट: चैत १, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया