हेलिकप्टरबाट सुत्केरीको उद्धार

 चैत ४, २०७८ शुक्रबार ७:१:१४ | मनिराज पाण्डे
unn.prixa.net

साङ्केतिक तस्बिर

कालीकाेट - कालीकोट पलाँता गाउँपालिका-५ खिनकी २४ वर्षीया गीता शाही बमको हेलकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि बमलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा अध्यक्ष वीर बमको पहलमा सुत्केरीको उद्धार गरिएको हो ।

खिनको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान समन्वय इकाइ काठमाण्डौलाई सुत्केरीको उद्धार गर्न पत्राचार गरेको थियो । कर्णाली प्रदेशमा हवाई उद्धार सेवा प्रभावकारी देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया