आफूलाई प्रहरी भन्दै धम्क्याएकाे आराेपमा दुई जना पक्राउ

 चैत ४, २०७८ शुक्रबार १९:५४:२१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ मा नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले आज शुक्रवार पत्रकार सम्मेलन गरेर आफूलाई प्रहरी भन्दै धम्क्याएकाे आरोपमा दुई जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङ रहेका छन् । उनीहरूलाई प्रहरीको पोसाकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो । 

रमेशले आफूलाई नभनी माइत गएको भन्दै श्रीमती प्रमिलालाई अपहरण गर्नका लागि चार जनालाई नक्कली प्रहरी बनाएर परिचालन गरेका र तीमध्ये रमेश र अर्का एक जना पक्राउ परेको प्रहरीको भनाइ छ । फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरी नायब निरीक्षक, प्रहरी हवददार र जवानको दज्र्यानी चिह्नसहितको पोसाक र जुत्ता फेला परेको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया