आज विश्व कविता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

 चैत ७, २०७८ सोमबार १०:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कविता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण मानिन्छ । दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य विभागले विशेष कवि गोष्ठी गर्दैछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया