संस्कृतिविद् सत्यमोहन जोशीद्वारा महाकाव्य 'दङ्गि उर्वशी' विमोचन

 चैत ८, २०७८ मंगलबार १६:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृतिविद् सत्यमाेहन जाेशीले महाकाव्य 'दङ्गि उर्वशी' काे विमाेचन गर्नुभएकाे छ । कवि डा. गाेविन्द आचार्यले लेख्नुभएकाे महाकाव्यकाे जाेशीले हिजाे साेमवार विमाेचन गर्नुभएकाे हाे ।

ललितपुरकाे आफ्नै निवासमा महाकाव्य विमाेचन गर्दै संस्कृतिविद् जाेशीले इतिहास, साहित्य र संस्कृति हाम्रा वैभव भएकाे बताउनुभयाे । विमाेचित महाकाव्यमा पनि मिथक संस्कृतिकाे प्रयाेग भएकाेमा आफूलाई खुसी लागेकाे उहाँले बताउनुभयाे । 

अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले आयाेजना गरेकाे कार्यक्रममा समाजकी अध्यक्ष एवम् साहित्यकार सन्ध्या पहाडी, वरिष्ठ साहित्यकार प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेल, प्रा. कोषराज न्यौपाने, रमेश खकुरेललगायतले महाकाव्यकार आचार्यलाई बधाई दिँदै शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचक कवि इन्दिरा दाहाललगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गर्नुभएकाे थियाे ।  

यस्तै कार्यक्रममा संविधानविद् भीमार्जुन आचार्यदेखि प्राध्यापक, एमफिल, पीएचडीका सोधार्थी साहित्यप्रेमीको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया