कर्णालीमा मिनीबस खस्दा एक जना बेपत्ता

 चैत २०, २०७८ आइतबार १९:२०:१९ | मनिराज पाण्डे
unn.prixa.net

फाइल फाेटाे

कालीकाेट – कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कर्णालीमा मिनिबस खस्दा सहचालक रास्काेट नगरपालिका १ का जीवन शाही बेपत्ता हुनुभएकाे हाे । 

कालीकोटको नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनिबस पचालझरना गाउँपालिका ८ काे कर्णाली नदीमा खसेकाे हाे । उहाँकाे खाेजी भइरहेकाे प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिनुभयाे । 

यस्तै घटनामा चालक दैलेखकाे आठबीसकाेट नगरपालिका २ का कृष्ण शाही र पचालझरनाकै सलामी कार्की घाइते हुनुभएकाे छ । उहाँहरूलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया