'एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड' लाई मेरो रेडिमेड उद्योगको साथ

 चैत २०, २०७८ आइतबार २०:२२:५० | सीताराम ओझा
unn.prixa.net

कैलाली – एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८ मा मेरो रेडिमेड उद्योग जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मेरो रेडिमेड उद्योग सह–प्रायोजकको रूपमा जोडिएको हो । अवार्डका लागि मेरो रेडिमेड उद्योगले लगातार दोस्रो वर्ष सह–प्रायोजकको रूपमा सहयोग गर्ने भएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरका बीच प्रायोजनसम्बन्धी सम्झौता पत्रमा आज आइतवार हस्ताक्षर भएको छ । 

प्रदेशको गौरव बढाउने खेलाडीलाई सम्मान गरिने कार्यक्रममा जोडिएको मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरले बताउनुभो । उहाँले आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको तेस्रो संस्करणको मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी रहेको छ । 

उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपैयाँ प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया