भुवन केसी काठमाण्डौको मेयरमा उठ्ने

 चैत २३, २०७८ बुधबार ८:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Dhan Thapa

    April 6, 2022, 7:08 p.m.

    हावा कुरा ...फिल्ममा हिरोइन फकाए जस्तो ठानेको छ कि के हो नागरिकलाई ??

  •  0 Reply

तपाईको प्रतिक्रिया