लमजुङकाे उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा १० दिन बिजुली आपूर्ति बन्द हुने

 चैत २३, २०७८ बुधबार १९:५७:९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा दश दिन बिजुली आपूर्ति बन्द हुने भएको छ ।

लमजुङ वितरण केन्द्र अन्तर्गतको २ सय २० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखी मर्स्याङ्दी पावर हाउस खण्डमा तार तान्ने काम भइरहेकाले उदीपुर–खुदी र बेसीसहर फिडर लाइनमा बिजुली आपूर्ति बन्द हुने लमजुङ वितरण केन्द्रका प्रशासन प्रमुख अशोककुमार कर्णले जानकारी दिनुभयो ।

प्रसारण लाइन अन्तर्गत पर्ने ३३ केभी उदीपुर–खुदी लाइन र ११ केभी बेसीसहर फिडर लाइनमा भाेलि बिहीवारदेखि वैशाख ३ गतेसम्म बिहान ८ देखि बेलुका ६ बजेसम्म बिजुली आपूर्ति बन्द हुने लमजुङ वितरण केन्द्रका प्रशासन प्रमुख कर्णले बताउनुभयो ।

निर्धारित समयभन्दा अघि नै कम सकिएमा तत्कालै बिजुली आपूर्ति दिइने नेपाल विद्युत प्राधिकरणकाे लमजुङ वितरण केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया