लागुऔषध र डेढ लाख रुपैयाँसहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

 चैत २३, २०७८ बुधबार २०:२९:४५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रहरीले वीरेन्द्रनगरमा लागुऔषध र डेढ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बुधवार लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० पदमपुरमा कोठा भाडामा बस्दै आएका वीरेन्द्रनगर १३ का २५ वर्षीय बर्ण बास बोहोरा र २८ वर्षीया भीमा तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूकाे साथबाट एक लाख ५६ हजार एक सय २० रुपैयाँ नगदसहित ब्राउन सुगर आठ ग्राम ६ सय ७० मिलिग्राम, सेतो हिरोइन सात ग्राम एक सय ४० मिलिग्राम बरामद गरेकाे छ । यस्तै उनीहरूकाे साथबाट दुई थान मोबाइल, एटीएम कार्ड र डिजिटल तराजु दुई थान बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया