खगराज बरालको ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा

 चैत २६, २०७८ शनिबार १२:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा. खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा आएको छ । 

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा, लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र कविता खण्डमा विभाजन गरिएको छ । यस सङ्ग्रहभित्र दुई वटा कथा, पन्ध्र वटा लघुकथा र ११ वटा कविता समेटिएका छन् । 

श्रमिक बरालले पचासका दशकमा रचना गरेका यी कथा, लघुकथा र कविताहरू तत्कालीन समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए । पचासको दशकमा लेखिएका यी कथा, लघुकथा र कविताहरूमा तत्कालीन समयप्रति असन्तुष्टि, सामाजिक तथा राजनीतिक विकृतिप्रति व्यङ्ग्य र सुधारका लागि युगचेतना मुखरित भएका छन् । यी तीन विधाका रचनामा पर्याप्त युग चेतना देखिन्छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी एउटै पुस्तकमा समावेश गरी भुँडीपुराण प्रकाशनले पुस्तक प्रकाशन गरेको छ ।

बरालका रचना पढ्न चाहने पाठकहरूका लागि प्रकाशकले एउटै पुस्तकका रूपमा उपलब्ध गराएको छ । कुल ७६ पृष्ठको यो पुस्तकको मूल्य १२० रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया