पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादास्पद निर्णय खारेज
बैशाख ७, २०८१ शुक्रबार
कैलाली - प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
धनगढी रङ्गशालामा हिजो भएको फाइनलमा एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसका निर्मला विकले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो ।
वनदेवी युवा क्लबले गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विभागीयसहित ८ टोलीको सहभागिता थियो ।
पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन् । उनले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका प्रायजसाे विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषानाथ उत्कृष्ट गोलरक्षक र सञ्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भइन् । उनीहरुले जनही १० हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबका अध्यक्ष सुशन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी हुनहुन्थ्याे ।
विजयी खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंह, ओलम्पीयन दिपक विष्ट लगायतले पुरस्कार वितरण गरे ।
वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता शनिवार राति १० बजे सम्पन्न भएको थियो । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको थियो ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।