मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

 बैशाख २०, २०७९ मंगलबार १७:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

श्रेष्ठको ७२औँ जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् ।

बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गर्नुभएको हो ।

गीतकार तथा सङ्गीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत 'एउटा सपना छ' को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको हो । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताउनु भयो ।

भिडियाे :

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया