लमजुङमा नमुना मतदान : ३० जना सहभागी, ७ मत बदर

 बैशाख २२, २०७९ बिहिबार १७:४९:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान गरिएकाे छ । जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा हिजाे बुधवार बेसीसहर नगरपालिका ८ फूलबारीमा नमुना मतदान कार्यक्रम गरिएको हो ।

यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी लमजुङमा पनि नमुना मतदान गरिएकाे जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिनुभयो ।

नमुना मतदानमा तीन जना सहभागी भएकामा सात मत बदर भएको मिश्रले बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीसँगै मतपत्र, मतपेटिका लगायतका विधि पुर्‍याइ नमुना मतदान गरिएको उहाँले बताउनुभयो ।

चुनावमा बदर मत कम गर्नका लागि निर्वाचन आयोगको निर्देशनअनुसार नै कार्यालयबाट जिल्लामा रहेकाे सञ्चारमाध्यमबाट मतदाता शिक्षासम्बन्धी सन्देश/जानकारी प्रवाह भइरहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया