गठबन्धन, ‘टालाटुली बाटुली कति राम्रो पुतली’ : केपी ओली

 बैशाख २४, २०७९ शनिबार १९:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ ।

आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दाबी गर्नुभयो । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उहाँले लगाउनुभएको छ।

एक्लै वडास्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उहाँले प्रश्न गर्नुभएको छ । उहाँले अहिलेको गठबन्धन गन्तव्यहीन र दृष्टिकोणविहीन बनेको आरोप लगाउनुभयो । साथै उहाँले आउँदाे आम चुनावबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । साथै गठबन्धनका दललाई मक्किएका मकैको ढोडको संज्ञा दिँदै जसलाई कांग्रेसले टेकेर हिँडे कहीँ न कहीँ दुर्घटना हुने निश्चित रहेको उहाँको ठोकुवा छ ।

यस्तै अध्यक्ष ओलीले एमालेले जाति, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने प्रष्ट्याउनुभयो । अध्यक्ष ओलीले कांग्रेसले २७ वर्षसम्म नेपालको शासन गर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया