बागी उठेर पार्टी हार्‍याे भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

 बैशाख २६, २०७९ सोमबार १६:५१:६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ । आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे ।   

‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्‍याे भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

सम्बाेधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताउनुभयाे । ‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ’, उहाँले भन्नुभयाे, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया