प्रचण्डकाे दाबी : गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हाे

 बैशाख २६, २०७९ सोमबार १७:२६:२९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गर्नुभएकाे छ । धनगढीमा आज साेमवार सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । 

‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’, प्रचण्डले भन्नुभयाे, ‘गठबन्धनले भोलिका दिनमा पनि देशमा हुन सक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिबद्धता गरेको छ।’ 

गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्त्व लागेको प्रचण्डकाे आराेप छ । ‘अहिले पनि ती तत्त्वहरू कुनै न कुनै रूपमा लागेका छन्’, उहाँले भन्नुभयाे, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउनका लागि निकै ठूलो कसरत भइरहेको छ ।’ दृढताको साथ गठबन्धनको पक्षमा लागेको भन्दै प्रचण्डले कांग्रेस सभापति देउवालाई धन्यवाद दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया