गुजरात आईपीएल क्रिकेटको प्ले अफमा : लखनउ ६२ रनले पराजित

 बैशाख २८, २०७९ बुधबार ६:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो । गुजरातका शुभमन गिलले अविजित ६३ रनको अर्धशतकीय पारी खेले । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७ तथा क्विन्टन डी ककले ११ रन जोडे ।

गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २/२ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ । गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लखनउ १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । गुजरात र लखनउ आईपीएल क्रिकेटमा नवप्रवेशी टोली हुन् ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया