मतगणना स्थलमा सूचना प्रवाह सहज गर्न पत्रकारसँग छलफल

 बैशाख २८, २०७९ बुधबार ११:५२:० | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा पालिका तहको चुनावमा सूचना प्रवाह सजिलो र विश्वसनीय बनाउन पत्रकार र मुख्य निर्वाचन अधिकृतबीच छलफल भएको छ ।

बुधवार भएको छलफलमा मतगणनको समयमा पत्रकारहरुको प्रवेश सहज बनाउने, आधिकारिक सूचना सम्प्रेषण गर्ने लगायतका विषयमा छलफल भएको हो । मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले पत्रकारहरुसँग गर्नुभएको छलफलमा मतगणना अवधिमा छिटो छरितो र विश्वसनीय सूचनाका लागि पत्रकारलाई सहज बनाउने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया