युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ शव भेटिए

 बैशाख २८, २०७९ बुधबार १२:१:२८ | एजेन्सी
unn.prixa.net

युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला परेको छन् । रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेका त्यहाँका मेयर भ्यालेरी मार्चेनकोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् । मर्चेन्काले रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताउनुभयो । त्यसबेला अरु भवनमा पनि आक्रमण भएको र नागरिकको खोजी कार्य निरन्तर भैरहेको उहाँको भनाई छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसले निरन्तर आक्रमण गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया