नाै महिनामा ७ खर्ब २४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ६२ हजार जनाले श्रम स्वीकृति लिए

 बैशाख २८, २०७९ बुधबार १६:४५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल भित्रिने रेमिट्यान्समा सामान्य कमी आएको छ । साउनदेखि चैतसम्म रेमिट्यान्समा शून्य दशमलव ६ प्रतिशतले कमी आइ सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । 

अघिल्लो वर्षको नौ महिनामा रेमिट्यान्स आयात १६ दशमलव ५ प्रतिशतले बढेको थियो । यस्तै यो वर्षको अमेरिकी डलरमा रेमिट्यान्समा २ दशमलव २ प्रतिशतले घटेर ६ अर्ब पाँच करोड रुपैयाँ कायम भएको छ । 

यस्तै नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर दुई लाख ५६ हजार ३१ जना पुगेको छ । अघिल्लो वर्षको नौ महिनामा श्रम स्वीकृति लिनेकाे सङ्ख्या ७४ दशमलव ९ प्रतिशतले घटेको थियो । 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या नौ महिनामा दुई सय प्रतिशतले बढेर दुई लाख ६६ हजार २९ जना पुगेको छ । अघिल्लो वर्षको नौ महिनामा यस्तो सङ्ख्या ६० दशमलव ७ प्रतिशतले घटेको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया