शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब रुपैयाँ, विदेशी विनिमय सञ्चिति घट्दै

 बैशाख २८, २०७९ बुधबार १७:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षकाे नौ महिनामा चालु खाता पाँच खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको साउनदेखि चैतसम्म चालु खाता दुई खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति दुई खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यो वर्षको नौ महिनामा दुई अर्ब २५ करोड रुपैयाँले घाटामा रहेको छ । 

यसैबीच गएको असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति १६ दशमलव ५ प्रतिशतले घटेर  गएको चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ ।  अमेरिकी डलरको सञ्चिति गएको असारमा ११ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा गएको चैतमा १८ दशमलव २ प्रतिशतले घटेर नाै अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना चार दिनकाे वस्तु आयात र ६ महिना ६ दिनकाे वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया