९ महिनामा नेपालीले विदेशमा खर्च गरे झन्डै ६२ अर्ब, विदेशीले नेपालमा गर्ने खर्च भने साढे १८ अर्ब

 बैशाख २८, २०७९ बुधबार १७:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नौ महिनामा सेवा आय ८० अर्ब ८० अर्ब ३५ करोड रुपैयाँले घाटामा रहेको छ । विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय दुई सय ३३ प्रतिशतले बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको नौ महिनामा भ्रमण आयतबापत पाँच अर्ब ५६ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो ।

नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय पनि एक सय ३० प्रतिशतले बढेर ६१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ४३ अर्ब ६७ करोड रुपैयाँ शिक्षाका लागि विदेशिएको छ ।

गएको वर्ष नौ महिनामा २६ अर्ब ८५ करोड भ्रमण व्यय रहेकोमा शिक्षातर्फको व्यय २१ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया