आईपीएलमा चेन्नई र मुम्बई खेल्दै

 बैशाख २९, २०७९ बिहिबार १२:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै रहनेछ ।

आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्ककासाथ राजस्थान तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया