काठमाण्डाै महानगरमा १ सय ५६ केन्द्र र ३ सय ६३ मतदान स्थल

 बैशाख २९, २०७९ बिहिबार १३:४७:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – वैशाख ३० गते शुक्रवार (भोलि) पालिका चुनावमा काठमाण्डाै महानगरपालिकामा एक सय ५६ केन्द्र र तीन सय ६३ मतदान स्थल तोकिएको छ ।  

तीन लाख दुई सय ४२ मतदाता रहेको कामपाको वडा नम्बर १६ मा सबैभन्दा धेरै २० हजार एक सय ७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नम्बर ३२ हो । यस वडामा १८ हजार नाै सय १३ जना मतदाता छन् । वडा नम्बर ३१ मा १८ हजार एक सय सात जना मतदाता छन् । त्यसैगरी वडा नम्बर १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा तीन हजार सात सय २९ मतदाता छन् ।

वडा नम्बर २३ मा चार हजार चार सय ७७ मतदाता छन् । वडा नम्बर २० मा चार हजार ६ सय १४ मतदाता छन् । कामपामा एक सय ५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा तीन सय ६३ वटा मतदान स्थल छन् । वडा नम्बर ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् । 

यसैगरी वडा नम्बर १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा नम्बर ७ र ३२ मा नाै/नाै वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नम्बर हो । यसमा एउटा मात्र केन्द्र छ । वडा नम्बर १९, २० र २४ मा दुई/दुई वटा मात्र केन्द्र छन् । यसैगरी वडा नम्बर १, ५, ८, १२, १८ र २९ मा तीन/तीन वटा मतदान केन्द्र छन् । 

सबैभन्दा धेरै मतदान स्थल भएको वडा १६ नम्बर हो । यस वडामा २३ वटा बुथ छन् । वडा नम्बर ३१ र ३२ मा २२/२२ वटा मतदान स्थल छन् । धेरै मतदान स्थल भएको तेस्रो वडा १४ नम्बर हो । यस वडामा २१ वटा मतदान स्थल रहेको जनाइएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया