बर्दियामा शान्तिपूर्ण मतदान, मतदाताको उत्साहजनक सहभागिता (फोटो फिचर)

 बैशाख ३०, २०७९ शुक्रबार १६:४४:२१ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बर्दियाका मतदान केन्द्रमा नागरिकको उत्साहजनक सहभागिता रहेको पाइएको छ । पालिका चुनाव अन्तर्गत बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ ठाउँका ३ सय ७१ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

अहिलेसम्म गुलरिया नगरपालिकामा ५४ प्रतिशत, गेरुवा गाउँपालिकामा ५५ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ५५ प्रतिशत, बढैयाताल गाउँपालिकामा ६१ प्रतिशत, बारबर्दिया नगरपालिकामा ५३ प्रतिशत मत खसेको छ ।

यसैगरी बाँसगढी नगरपालिकामा ४८ प्रतिशत, मधुवन नगरपालिकामा ५९ प्रतिशत र राजापुर नगरपालिकामा ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियामा तीन लाख ११ हजार चार सय १० मतदाता रहेका छन् । बर्दिया जिल्लाभर ६२ देखि ६७ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ । 

अहिले दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

बिहानैदेखि चर्को घाममा धेरै समय उभिनुुपरेको मतदाताको गुनासो छ । धेरैजसो मतदाताले छाता ओढेर लाइनमा बसेर मतदान गरेका छन् । दिउँसो ३ बजेतिर एकछिन पानी परे पनि मतदान प्रक्रिया प्रभावित नभएको प्रजिअ बास्तोलाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया