संखुवासभाको चिचिला–१ मा कांग्रेसको प्यानल नै विजयी

 बैशाख ३१, २०७९ शनिबार १२:४३:४० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी बनेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार पूर्णकुमार राई विजयी बनेका हुन् । राईले ३ सय ३६ मत प्राप्त गर्नुभयाे भने उहाँको निटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरसिङ्ग गुरुङले २ सय ८१ मत प्राप्त गर्नुभयाे ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार ठगेन्द्र गुरुङले ९९ मत मात्रै प्राप्त गर्नुभयाे । कांग्रेसबाट सदस्यहरुमा उत्तरबहादुर राई, खड्गबहादुर राई, भक्तिमाया घले र संगिता विश्वकर्मा विजयी बनेका हुन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया