जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादीकाे अग्रता, १ अङ्कले लाेसपा पछाडि

 बैशाख ३१, २०७९ शनिबार १५:३९:४९ | जयनारायण यादव
unn.prixa.net

फाइल फाेटाे

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका राजन पौडेलले पाँच सय ६९ मत ल्याएर अग्रता लिनु भएको छ । उपप्रमुखमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मेघा शाहीले ६ सय २ मत ल्याउनु भएको छ ।

नगर प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका संजय साहले पाँच सय ६८ मत ल्याएर दोस्रो स्थानमा रहनु भएको छ भने नेकपा एमालेकी सरस्वती चौधरीले दुई सय ७७ मत ल्याएर तेस्रो स्थानमा रहनु भएको छ । त्यस्तै उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका वीपी मोक्तानले पाँच सय ६६ र नेकपा एमालेका भोला अधिकारीले दुई सय ७५ मत प्राप्त गर्नु भएको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया