कलैया उपमहानगरमा एमाले अघि, कांग्रेस पछ्याउँदै

 बैशाख ३१, २०७९ शनिबार १६:१७:१५ | जयनारायण यादव
unn.prixa.net

फाइल फाेटाे

बारा – बाराको कलैया उपमहानगरपालिकामा अहिलेसम्म १ सय मत गनिएकाे छ । वडा नम्बर १ काे नमुना मावि केन्द्रको १ सय मत गनिएकाे हाे । 

अहिलेसम्मकाे गणनामा मेयरतर्फ नेकपा एमालेका विनाेद साह ५१ मतसहित अघि हुनुहुन्छ । साहलाई गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादवले २९ मतसहित पछ्याइ रहनुभएकाे छ । लाेसपाका जयप्रकाश साहले ४ मत ल्याउनुभएकाे छ । 

यस्तै उपमेयरमा पनि एमालेकै राेशन प्रवीण ४२ मतसहित अघि हुनुहुन्छ । गठबन्धनबाट जसपाका प्रमाेद गुुप्ता २६ मतसहित दाेस्राे स्थानमा देखिनुभएकाे छ । लाेसपाका नासरिन नाजले ६ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • Kalim ansari Ansari kalim

    May 14, 2022, 5:31 p.m.

    Ka

  •  0 Reply

तपाईको प्रतिक्रिया