जुम्लाकाे चन्दननाथ नगरपालिकामा ९ सय ४७ मत गणना हुँदा स्वतन्त्र उम्मेदवारकाे अग्रता

 बैशाख ३१, २०७९ शनिबार १६:२४:१७ | नेत्र शाही
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – जुम्लाकाे चन्दननाथ नगरपालिकाकाे मतगणनामा अहिलेसम्म जम्मा मत ९४७ मत खसेका छन् ।

अहिलेसम्म खसेका मतमध्ये गरपालिकाकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार राजसिंह कठायतले ३६७ मतसहित अग्रता लिनुभएकाे छ । यस्तै माओवादीका जीवनबहादुर बुढ्थापाले १६१ मत पाउनुभएकाे छ ।

कांग्रेसका पदमबहादुर शाहीकाे पक्षामा १९२ मत भाेट खसेका छन् । यस्तै एमालेका उम्मेदवार धर्मेन्द्र राेकायाले ७६ मत पाउनुभएकाे छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रामदेवी खड्का ३२३ मत सहित अगाडि हुनुहुन्छ । माओवादीकाे तर्फबाट पूर्णिमा विकले २१७, एमालेकाे तर्फबाट मेनका रेग्मीले १३८ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया