धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै

 बैशाख ३१, २०७९ शनिबार १६:५६:९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकामा मत गणना भइरहेकाे छ । अहिलेसम्म दुई सय मतकाे गणना भएकाे छ । 

मेयर पदका उम्मेदवारमा स्वतन्त्रका गाेपाल हमाल ८८ मतका साथ अगाडि हुनुहुन्छ । यस्तै पूर्व मेयर तथा कांग्रेसका उम्मेद्वार नृप बहादुर वडले (गठबन्धन) ६१  मतका साथ हमाललाई पछ्याइरहनुभएकाे छ । 

नेकपा एमालेबाटका उम्मेदवार रणबहादुर चन्दले अहिलेसम्म ८ मत प्राप्त गर्नुभएकाे छ । यस्तै ४६ मत बदर भएका निर्वाचन कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया