बालेन शाह केशव स्थापित भन्दा झन्डै दाेब्बर मतले अघि

 जेठ १, २०७९ आइतबार १५:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ । ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएकाे छ । स्थापित शाहभन्दा झन्डै दाेब्बरले मतले पछाडि पर्नुभएकाे छ ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता बनाइ रहनुभएकाे छ । उहाँले २ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया