म्याग्दीकाे मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ १, २०७९ आइतबार १६:४:३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदमा एमालेका उम्मेदवार वेगप्रसाद गर्वुजाले तीन हजार ९१ मत प्राप्त गरेर जित हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोका मगरले दुई हजार नौ सय ७० मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी घर्ती मगर पुनले तीन हजार एक सय ६७ मत प्राप्त गर्नुभयो ।

यस्तै सात वटा वडामध्ये नेपाली कांग्रेसले तीन, एमाले तीन र माओवादी केन्द्रले एउटा वडाध्यक्षमा जित हासिल गरेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया