लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
कालीकोट – तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकर उपाध्याय विजयी हुनु भएको छ ।
उपाध्याय २ हजार ९ सय १६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले २ हजार ५ सय ४० मत प्राप्त गर्नुभयो ।
यस्तै नगरपालिकाको उपमेयरमा एमालेका महेन्द्रबहादुर शाही विजयी हुनु भएको छ । शाहीले २ हजार ७ सय ५९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी गीता कुमारी वलीले २ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो ।
तिलागुफा नगरपालिकाको वडा नम्बर २, ४, ६, ८, १० र ११ को वडाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ५ र ७ मा नेपाली कांग्रेसका तथा वडा नम्बर ३ र ९ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।