भारतले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सूची पठायाे

 जेठ २, २०७९ सोमबार २०:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । 

प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो ।  योसँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर एक सय ९२ दशमलव ९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर एक सय ८४ दशमलव ०२ रुपैयाँमा थियो ।

यस्तै डिजलको खरिद मूल्य एक सय ८८ दशमलव ३३ पुगेको छ भने मट्टीतेलको खरिद मूल्य एक सय ४० रुपैयाँ ३६ पैसा पुगेको छ । 

निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्य सूचीअनुसार नयाँ खरिद लागतअनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको जनाइएको छ । 

दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।  

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया