काठमाण्डौ महानगरमा बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार ६:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाउनु भएको छ । उहाँ एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि हुनुहुन्छ । स्थापितले अहिलेसम्म ४ हजार ९ सय ४८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिँहले ४ हजार ३ सय २० मत प्राप्त गर्नु भएको छ  ।  

उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । यस्तै, ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चिरिबाबु महर्जनकै अग्रता छ । प्राप्त मत परिणाम अनुसार उहाँले ५ हजार ९ सय ८४ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार २ सय २० मत पाउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया