कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी विजयी

 जेठ ३, २०७९ मंगलबार ७:२३:६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी हुनुभएको छ । 

केसीले १ हजार ८ सय २२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पार्वती सिँह निर्वाचित हुनुभएको छ । सिंहले १ हजार ६ सय ८१ मत प्राप्त गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया