पाँचथरको तुम्बेवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ३, २०७९ मंगलबार ९:२२:३१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का विजयी हुनुभएको छ ।

गठबन्धबाट उम्मेदवार बन्नुभएका खड्काले नेकपा एमालेका गोविन्द बहादुर तामाङलाई ४ सय ११ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो । खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत मात्र प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा पनि गठबन्धनबाट नेकपा  माओवादी केन्द्रका खड्क सम्बाहाम्फे विजयी हुनुभएको छ । सम्बाहाम्फेले २ हजार ७ सय ८ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्ष उम्मेदवार नन्दाकुमारी घमलाले २ हजार ९ मत हजार मत प्राप्त गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया